सूचना तथा कार्यक्रमहरु:

श्री सरस्वती माध्यमिक विद्यालय

वि.स.२०२८सालमा पुनर्वास ग्रामिण आवास कम्पनी(हालको राष्ट्रिय आवास कम्पनी)ले नेपाल राज्यका विभिन्न जिल्लामा अव्यस्थित् रुपमा बसोबास गरेका सुकुम्बासी नागरिकहरुलाई घर घडेरी तथा कृषि प्रयोजनका लागि जग्गा वितरण गर्ने क्रममा यस मोती बस्ती गाउंमा जंगल फडानी गरी बस्ती बसालिएको थियो । एकातिर खाद्यान्न अभाव अर्को तिर औलाको उच्च जोखिममा कारण तत्कालिन समयमा यहांका बासीहरुको जिवनस्तर निकै दयनिय स्थितीबाट गुज्रीरहको थियो ।त्यस पछिको केही समय यता अमिरिकी संस्थाले यस ठाउंमा खाद्यान्नको आपुर्ती गरिदिंदा केही राहत महसुस गरियो । यस्तो जटिल परिस्थितीका बाबजुद शिक्षाको उज्यालो फैलाउने उद्देश्यले वि.स.२०३६ सालमा यहांका बुद्धिजिवी,समाजसेवी, शिक्षाप्रेमी एवं अभिभावकहरुकको बुद्धिमतापुर्ण निर्णयले कंचनपुर जिल्लाको दक्षिणी भेग कालिका गा.वि.स.मोती बस्ती(हालको पुनर्वास न.पा.०२,मोती बस्ती)को बिचमा खरको २ कोठे झुपडी लाई श्री सरस्वती प्रा.वि.नामाकरण गरि पहिलो विद्यालयको स्थापना गरियो । प्रा.वि.पुर्ण गर्न निरन्तर प्रयास जारी रह्यो फलस्वरुप २०३६ सालमै यस विद्यालयले प्रा.वि. दरबन्दी पाउंदा केही राहत महसुस ग¥यो । आर्थिक,भौतिक समस्या हुंदा हुंदै पनि अग्रजहरुको निरन्र प्रयासले क्रमिक रुपमा कक्षा थपिदै गए पश्चात् विद्यालय प्रा.वि.स्वीकृत भयो ।समय पविर्तन संगै शिक्षामा परिवर्तन आउंदै जांदा यहांका बासीहरुले नि.मा.वि. तहको शिक्षा हुनुपर्नेमा जोड गर्दै वि.स.२०४५ सालमा वडा न.१,२,३,४,७,८ र ९ को अभिभावकहरुको विशेष सहयोग र पहलकदमीले तत्कालिन प्रधानपञ्च श्री क्षेत्र बहादुर लामाको बाहुबली बाट समुद्घाटन भई नि.मा.वि. तहको कक्षा संचालन गरियो । 

सहायताको लागि हामीलाई कल गर्नुहोस्

९८४८८२०४२५

श्री सरस्वती माध्यमिक विद्यालय
श्री सरस्वती माध्यमिक विद्यालय
श्री सरस्वती माध्यमिक विद्यालय

सूचना तथा कार्यक्रमहरु

कार्यक्रमहरु

बिद्यार्थी भर्ना

प्रकाशित: Tuesday, 12 May 2026

Book Distribution

प्रकाशित: Monday, 20 Apr 2026

कार्य समिति

विद्यालय व्यवस्थापन समिति

हाम्रो सम्बद्धता

संस्थाहरुसँगको आबद्धता

संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।