बालमैत्री वातावरणमा साधारण र प्राविधिक शिक्षामा उच्चतम सिकाइ उपलब्धी सुनिश्चित गरी समुदायमूखी प्रतिस्पर्धी, सीपमूखी, नैतिक र देशभक्त असल नागरिक उत्पादन गर्ने नेतृत्वदायी नमूना शैक्षिक संस्थाको रुपमा विकास हुनेछ ।
वि.स.२०२८ सालमा पुनर्वास ग्रामिण आवास कम्पनी(हालको राष्ट्रिय आवास कम्पनी)ले नेपाल राज्यका विभिन्न जिल्लामा अव्यस्थित् रुपमा बसोबास गरेका सुकुम्बासी नागरिकहरुलाई घर घडेरी तथा कृषि प्रयोजनका लागि जग्गा वितरण गर्ने क्रममा यस मोती बस्ती गाउंमा जंगल फडानी गरी बस्ती बसालिएको थियो । एकातिर खाद्यान्न अभाव अर्को तिर औलाको उच्च जोखिममा कारण तत्कालिन समयमा यहांका बासीहरुको जिवनस्तर निकै दयनिय स्थितीबाट गुज्रीरहको थियो ।त्यस पछिको केही समय यता अमिरिकी संस्थाले यस ठाउंमा खाद्यान्नको आपुर्ती गरिदिंदा केही राहत महसुस गरियो । यस्तो जटिल परिस्थितीका बाबजुद शिक्षाको उज्यालो फैलाउने उद्देश्यले वि.स.२०३६ सालमा यहांका बुद्धिजिवी,समाजसेवी, शिक्षाप्रेमी एवं अभिभावकहरुकको बुद्धिमतापुर्ण निर्णयले कंचनपुर जिल्लाको दक्षिणी भेग कालिका गा.वि.स.मोती बस्ती(हालको पुनर्वास न.पा.०२,मोती बस्ती)को बिचमा खरको २ कोठे झुपडी लाई श्री सरस्वती प्रा.वि.नामाकरण गरि पहिलो विद्यालयको स्थापना गरियो । प्रा.वि.पुर्ण गर्न निरन्तर प्रयास जारी रह्यो फलस्वरुप २०३६ सालमै यस विद्यालयले प्रा.वि. दरबन्दी पाउंदा केही राहत महसुस ग¥यो ।
आर्थिक,भौतिक समस्या हुंदा हुंदै पनि अग्रजहरुको निरन्र प्रयासले क्रमिक रुपमा कक्षा थपिदै गए पश्चात् विद्यालय प्रा.वि.स्वीकृत भयो ।समय पविर्तन संगै शिक्षामा परिवर्तन आउंदै जांदा यहांका बासीहरुले नि.मा.वि. तहको शिक्षा हुनुपर्नेमा जोड गर्दै वि.स.२०४५ सालमा वडा न.१,२,३,४,७,८ र ९ को अभिभावकहरुको विशेष सहयोग र पहलकदमीले तत्कालिन प्रधानपञ्च श्री क्षेत्र बहादुर लामाको बाहुबली बाट समुद्घाटन भई नि.मा.वि. तहको कक्षा संचालन गरियो । तत्पश्चात् क्रमिक रुपमा २०५१ सालमा ४ वटा दरबन्दी सहित नि.मा.वि. स्वीकृत भयो । वि.स.२०५३ सालमा पुनःअभिभावकहरुको सहयोग र विद्यालयको आन्तरिक स्रोतबाट मा.वि.तहको कक्षा संचालन गरियो । वि.स.२०५६सालमा १ राहत दरबन्दी सहित यस विद्यालयले मा.वि.स्वीकृती पाउन सफल भयो ।यहांका बुद्धिजिवी,समाजसेवी,शिक्षाप्रेमी तथा अभिभावकहरुको संयुक्त निर्णय र सामुहिक प्रयासले गर्दा वि.स.२०६६ सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट(१०+२)को अस्थायी सम्बन्धन प्राप्त गरी हाल यस विद्यालयमा बाल कक्षा देखी १२ संचालनमा रहेको छ ।
बालमैत्री वातावरणमा साधारण र प्राविधिक शिक्षामा उच्चतम सिकाइ उपलब्धी सुनिश्चित गरी समुदायमूखी प्रतिस्पर्धी, सीपमूखी, नैतिक र देशभक्त असल नागरिक उत्पादन गर्ने नेतृत्वदायी नमूना शैक्षिक संस्थाको रुपमा विकास हुनेछ ।
शैक्षिक गुणस्तरको केन्द्रको रुपमा यस विद्यालयलाई विकास गर्दै वृहत् सामाजिक रुपान्तरणको संवाहक बनाउनु यस विद्यालयको दूरदृष्टिको रुपमा लिईएको छ ।
- विद्यालयमा अपाङ्गमैत्री तथा सुरक्षित बाताबरण सहितको पर्याप्त भौतिक, शैक्षिक तथा व्यवस्थापकीय पूर्वाधारको विकास गरी गुणस्तीय सिकाइका लागि दीघो आधार तयार गर्ने ।
– सबैका लागि समतामुलक पहुँच, सहभागिता र गुणस्तर सुनिश्चित गर्दै कक्षा दोहो¥याउने, विद्यालय छाड्ने दरलाई घटाउँदै विद्यालयको आन्तरिक सक्षमता र सिकाइ स्तरमा वृद्धिगर्ने ।
– शैक्षिक पाठ्यक्रमको निर्माण, शिक्षण सिकाइ विधिहरुको प्रयोग तथा विकास, सिकाइ मूल्याङ्कन तथा सिकाइ उपलब्धी प्रमाणिकरणमा रचनात्मक विधि पद्धतिको खोज गरी शिक्षामा रचनात्मक अभ्यास गर्ने ।
– योग्य शिक्षकहरुलाई तालिम, प्रोत्साहन, अध्ययन तथा अनुसन्धानतर्फ उत्प्रेरित बनाइ विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक सुधार गर्ने ।
– विद्यालयका कक्षाकोठामा हुने शिक्षण सिकाइलाई व्यवस्थित, शैक्षिक सामाग्री तथा प्रविधिमैत्री र योजनाबद्ध बनाई सिकाइ स्तरमा उल्लेख्य सुधार गर्ने ।
– विद्यालयमा पढाइ हुने विषयमा विविधिकरण गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने ।
– विद्यालयमा शिक्षण सिकाइ प्रक्रियामा प्रविधिलाई जोड्दै खुला तथा लचक सिकाइ पद्धतिमा जोड दिने ।
– तालिम, शैक्षिक भ्रमण, छलफल तथा अन्तरक्रिया मार्फत विद्यालयका सरोकारवालाहरुलाई विद्यालयप्रति सक्रिय समर्पित बनाई विद्यालयको गुणस्तर सुधार्ने ।
– विद्यालयमा शुक्ष्म सामाजिक संस्था (बालक्लव, जु.रे.श तथा स्काउट) क्रियाशिल गराई समुदायमुखी बनाउँदै उनीहरुलाई मनोसामाजिक तथा वृत्तिविकास परामर्श मार्फत उनीहरुलाई भविश्यको बाटो देखाउने ।
– स्थानीय भाषा, धर्म, सस्कृति तथा राष्ट्रिय सम्पदाको सम्बर्धन र प्रवर्धन गर्दै सामाजिक एकता मजबुत बनाउन योगदान गर्ने ।
