नेपाल राज्यको सुदूरपश्चिम प्रदेश जिल्ला कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं. २ (साविक कालीका वडा नं. ) को वीच भागमा श्री सरस्वती माध्यमिक विद्यालय अवस्थित रहेको छ । यस विद्यालयको पूर्वमा अरनिकोवस्ती, पश्चिममा बलभद्रवस्ती, उत्तरमा दशरथवस्ती र दक्षिणमा रामवस्ती अवस्थित रहेको छ । यो विद्यालय पूर्वी देशान्तर ८०.३, उ.आ. २८.७ मा अवस्थित रहेको छ । २.३ विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र यस विद्यालयको वरिपरि रहेको समाजको अवस्थालाई हेर्दा यहाँ अधिकांश रुपमा दलित तथा जनजातिहरुको बाहुल्यता रहेको पाइन्छ ।
नेपाल राज्यका विभिन्न स्थानहरुबाट आई यहाँ बसोवास गरेकाले यहाँका मानिसहरुको संस्कृति तथा परम्परा पनि मिश्रित खालको रहेको पाइन्छ । यहाँ बसोवास गर्ने दलितहरुमा कामी, विश्वकर्मा, लोहार, नेपाली, सार्की, सुनार, सिकर्मी, आउजी, देउकर, ओड आदि मुख्य जातिहरु छन् भने जनजातिहरुमा चौधरी, तामाङ गुरुङ, राना, आदि रहेका छन् । यस्तै प्रकारले अन्य जातिहरुमा चन्द, धनाडी, खड्का, साउँद, खत्री, थापा, पन्त, जोशी, बडू, अधिकारी, सिंह, भट्ट, नाथ, क्षेत्री, महत, कार्की, रेग्मी, बुढा, आचार्य, विष्ट, आदि जातिका मानिसहरु बस्दछन् ।