यस सरस्वती मा.वि. लाई आगामी पाँच बर्ष भित्र प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालयको रुपमा विकास गर्ने महत्वपूर्ण अवसर उपलब्ध भएकोमा प्रदेश सरकार, सामाजीक विकास मन्त्रालयलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यसका साथै आवश्यक दस्तावेजहरु सहित समयमै निवेदन पेश गरी राष्ट्रिय प्रतिस्पर्धामा विद्यालयलाई सामेल गराई प्रदेश नमूना विद्यालय छनोट गराउन सफल हुनुभएकोमा यस विद्यालयका प्रधानाध्यापक लगायत उहाँको टिमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबैलाई बधाइ दिँदै आगामी दिनमा यस गुरुयोजनाले दिशानिर्देश गरे बमोजिम सबै कार्यक्रमहरु समयमा नै सम्पन्न गरी यस क्षेत्र र समग्र देशकै हेर्नलायकको प्रदेश नमूना विद्यालय बनाउन सकिने छ भन्ने आत्मविश्वासका साथ शुभकामना दिन चाहन्छु ।